धादिङको ज्वालामुखी ५ मा अन्नपूर्ण मन्दिर पुनर्निर्माण सम्पन्न (फोटो फिचर)

Posted on: 17 Jan, 2020

माघ ३, काठमाडौँ | धादिङको ज्वालामुखी गाउँपालिका-५, खरीमा एतिहासिक अन्नपूर्ण मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्पले क्षेतीग्रस्त भएको मन्दिरलाई स्थानीय युवाहरुको बिशेष सक्रियतामा निर्माण सम्पन्न गरिएको हो ।

माघे सक्रान्तिको अवसर पारि वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण प्रसाद काप्रीको प्रमुख आतिथ्यताता एक कार्यक्रमकाबीच उक्त मन्दिरको उद्घाटन गरिएको हो । मन्दिरमा बाजागाजा सहितको फुलको डोली र मुर्ति भित्र्याएपछि ब्राहमण पढाएर स्थानीयहरुले पुजा-आजा गरिएको थियो । स्थानीय आमा समुहहरुको नाचगान सहित सम्पन्न कार्यक्रममा बोल्ने बक्ताहरुले अन्नपूर्ण मन्दिर पुनर्निर्माण सम्पन्न भएकोमा स्थानीय युवाहरुलाई धन्यवाद दिए । १० लाखको लागतमा निर्माण सम्पन्न भएको उक्त मन्दिरको लागि डेढ लाख स्थानीय बजेट र बाँकी स्थानीय सहयोग रहेको थियो । 

साविक खरी गाविसकै केन्द्रमा पर्ने मुख्य सडकको बीचमा संरक्षण गरि बनाइएको उक्त मन्दिर चौतर्फी कम्पाउण्ड सहित टायल हालिएको छ भने पुरानो संरचनाको जगेर्ना गर्नको लागि पुरानै जगमा मन्दिर संरचना, पुराना मुर्ति र मन्दिरसंगै रहेको पिपलको रुखको समेत संरक्षण गरिएको छ । मन्दिर प्रवेशको लागि पुर्व र पश्चिम तर्फ गेटका साथै मन्दिर भित्र/बाहिर बत्तिका साथै कम्पाउण्ड भरी रंगीन बत्तिहरु जडान गरिएको छ । 

बाँकी तश्वीरले आफै वोल्छ:



यस बिषयमा तपाइको प्रतिक्रिया...!