महरा काण्ड बाहिर ल्याउने पत्रकार अजयबाबु शिवाकोटी पुरस्कृत

Posted on: 15 Nov, 2019

कार्तिक २९, काठमाडौँ | नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले पत्रकार अजयबाबु शिवाकोटीलाई ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ | संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दूव्र्यवहार गर्ने तत्कालीन सभामुख कृष्णबहादुर महराबारेको समाचार आफ्नो अनलाई हाम्रा कुरा डटकम नमार्फत् उनले सार्वजनिक गरेका थिए |

 इन्जाले सोही साहसिक कामको सम्मान गर्दै १ हजार अमेरिकी डलर राशीको सो पुरस्कार शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच प्रदान गरिएको हो | उक्त कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी कृष्ण पहाडीले सत्ता र राजनीतिक दलहरुले प्रेसलाई शक्तिका लागि दुरुपयोग गर्ने गरेको उल्लेख गर्दै त्यसबाट बचेर आफ्नो पेशालाई अघि बढाउन पत्रकारहरुलाई आग्रह गरे |

पत्रकार शिवाकोटी प्रेस युनियनका महासचिव हुन् | उनले तत्कालीन सभामुख महराको सो समाचार सार्वजनिक गरेपछि आफूमाथि सुरक्षा थ्रेट आएको भन्दै सुरक्षाको व्यवस्था गर्न सरकारसँग माग समेत गरेका थिए |

पत्रकार शिवाकोटीले २०५४ सालदेखि पत्रकारिता क्षेत्रमा आवद्ध भई ईमेज टिभी, नेपाल वान टिभी, रेडियो नेपाललगायतका संचार माध्याममा रहेर काम गरिसकेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!