काठमाडौंमा आज ‘रामेछापबासीबीच फुटसल प्रतियोगिता’

Posted on: 21 Sep, 2019

असोज ४, काठमाडौं : ‘रामेछाप कप फुटसल प्रतियोगिता’को तयारी पूरा भएको आयोजक रामेछाप–काठमाडौं पत्रकार समाजले जनाएको छ। काठमाडौंको शान्तिनगर फुटसल मैदानमा हुने प्रतियोगितामा २७ टीम सहभागी भएको संस्थाका महासचिव दीपेन्द्र गुरुङले जानकारी दिए।

रामेछाप  जिल्लाबाट काठमाडौंमा आई विभिन्न पेशा /व्यवसायमा संलग्न तथा संघ/संस्थामा आबद्ध जिल्लाबासीहरुलाई लक्षित गरी प्रतियोगिताको आयोजना गरिएको उनले बताए। लिगकम नटआउटका आधारमा हुने खेलमा रामेछापका विभिन्न व्यक्तिगत, क्लब र राजनीतिक संगठनले टीम दर्ता गराएका छन्। खेलमा १० जनासम्म खेलाडी सहभागी हुन पाउनेछन्।


प्रतियोगितामा विजेतालाई ट्रफिसहित प्रथम, द्वितीय र तृतीयलाई क्रमश : २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार रहेको संस्थाका अध्यक्ष प्रेम गौतमले जानकारी दिए। उनले भने, ' रामेछापबासीबीच सद्भाव, एकता एवम् मनोरञ्जन गराउने उद्देश्यले आयोजना गरिएको खेलमा सोचेभन्दा धेरै टीमको सहभागिता छ।'

आयोजकले शुक्रबार नै खेल तालिका सार्वजनिक गरेको छ। रामेछाप–काठमाडौं पत्रकार समाज रामेछापबाट काठमाडौं आएर पत्रकारिता कर्ममा सक्रिय पत्रकारहरुको साझा संस्था हो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!