काठमाडौंमा ‘रामेछाप कप फुटसल प्रतियोगिता’ हुने

Posted on: 16 Sep, 2019


भदौ ३०, काठमाडौं । रामेछाप–काठमाडौं पत्रकार समाजले काठमाडौंमा फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ । रामेछापबाट काठमाडौंमा आई विभिन्न पेशा/व्यवसायमा संलग्न तथा संघ संस्थामा आबद्ध जिल्लाबासीहरुलाई लक्षित गरी असोज ४ गते शनिबार ‘रामेछाप कप फुटसल प्रतियोगिता’ गर्न लागेको समाजमा महासचिव दीपेन्द्र गुरुङले जानकारी दिए ।


उनका अनुसार शान्तिनगर फुटसल मैदानमा हुने प्रतियोगितामा रामेछाप जिल्लाका व्यक्तिगत एवं संस्थागत रुपमा क्लब, राजनीतिक दल,विद्यार्थी संगठन लगाएतले टीम दर्ता गरी सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा १० जनासम्म खेलाडी सहभागी हुन पाउनेछन् ।

प्रतियोगितामा विजेतालाई प्रथम, द्वितीय र तृतीयलाई क्रमश : २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार रहेको रामेछाप–काठमाडौं पत्रकार समाजका सचिव प्रज्वल पौडेलले जानकारी दिए । प्रतियोगी टीमले भदौ ३१ गतेभित्र टीम दर्ता गरिसक्नुपर्ने उनले बताए ।  पौडेलले भने, 'जिल्लाबासीबीच आपसी सद्भाव, एकता एवम् मनोरञ्जन गराउने उद्देश्यले खेल आयोजना गर्न लागिएको हो।'

रामेछाप–काठमाडौं पत्रकार समाज रामेछापबाट काठमाडौं आएर पत्रकारिता कर्ममा सक्रिय पत्रकारहरुको साझा संस्था हो । संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता रहेको छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!