रारामा नेपाली सेनाले पहिलो पटक दौड प्रतियोगीता गर्दै (९ तश्वीर)

Posted on: 14 May, 2019

दान बहादुर बुढा | वैशाख ३१, मुगु | नेपालको सबैभन्दा ठूलो ताल रारालाई प्रचार-प्रचार गरी पर्यटनलाई भित्राउने हिसावले आगामी जेष्ठ ८ गते रारामा प्रथम कर्णाली प्रदेश स्तरिय पहिलो पटक दौड प्रतियोतिता हुने भएको छ ।


प्रधानसेनापति कमाण्डरको मार्गनिर्देशन २०७५ को लक्ष्य नं. ४ मा उल्लेख भए अनुसार खेलकुद मार्फत राष्टिय प्रतिष्ठा गौरव हुने र राष्ट्रिय अन्तराष्ट्रिय स्तरका खेलाडीको संख्या वृद्धि गर्ने हेतुले उक्त दौड प्रतियोगिता गर्न लागिएको बताइएको छ । 


आगामी जेठ ८ गते अन्तराष्ट्रिय जैबिक बिधता दिवसको दिन प्राकृतिक मनोरम दृश्यले भरीपुर्ण नेपालकै सबैभन्दा ठूलो ताल रारा तालको बिश्वमा प्रचार प्रचार गर्नको लागी तालको वरिपरि रहेको १५ किलो मिटर तालमा पहिलो पटक दौड प्रतियोगिता गर्न लागिएको हो । उक्त प्रतियोगितामा कर्णाली प्रदेश जिल्लाहरुका खेलाडीहरु, नेपाली सेना र अन्य सुरक्षा निकायका खेलाडीहरु, त्यस्तै कर्णाली प्रदेशका दशै जिल्लाका स्थानिय खेलाडी र पर्यटकहरु समेत सम्मिलित हुने बताइएको छ । 


दौड प्रतियोगीतामा एकसयसम्म खेलाडीहरुको सहभागीता हुनसक्ने बताइएको छ । उक्त दौड प्रतियोगितामा प्रथम हुनेले ५० हजार दोस्रा हुनेले ३० हजार तेस्रो हुनेले २० हजार नगद र मेडल तथा प्रमाणपत्र दिईनेछ । उक्त दौड समुन्द्री सतहदेखी २९ सय मिटरको उचाईमा हुने हुँदा दौडमा भाग लिनेहरुलाई केही समस्या हुनसक्ने भएको हुँदा स्वास्थ्यकर्मी र अन्य व्यवस्था समेत मिलाईएको नेपाली सेनाका सेनानि रबि केसीले बताएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!