महिला महोत्सवको उद्घाटन राष्ट्रियसभामा अध्यक्षले गर्ने

Posted on: 05 Feb, 2019


शिला पाण्डे, पर्वत । ११ औं गण्डकी प्रदेशस्तरी महिला महोत्सव तथा रेडियो दिदीबहिनीको १० औं बार्षिक उत्सवको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्ने भएका छन् । 

यही माघ २५ देखि फागुन ५ गतेसम्म संचालन हुन लागेको महोत्सवको उद्घाटन गणेशप्रसाद तिमिल्सिनाले गर्न लागेको आयोजक रेडियो दिदीबहिनीले जनाएको छ ।

गण्डकी प्रदेशस्तरीय महिला महोत्सवमा राष्ट्रियस्तरको तेस्रो दिदीबहिनी महिला भलिबल कप प्रतियोगिता हुने पूर्व सांसद एवं रेडियोकी संस्थापक अध्यक्ष कल्पना चापागाई जोशीले बताइन् । उनका अनुसार यो भलिबल प्रतियोगितामा तीन विभागीय टोलीसहित न्यू डाइमण्ड, घरेलु टिमको सहभागीता रहने छन् । प्रतियोगितामा विजेता हुने टिमले २ लाख, द्धितियले १ लाख र तृतीय हुनेले ५० हजार रुपैयाँ पाउने छन् । साथै  पत्रकार र जनप्रतिनिधिबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आयोजना समेत हुन्छ उनले भनिन् ।

त्यस्तै दिदिबहिनी डान्स आइडल प्रतियोगिता समेत यो बर्षदेखि शुरु हुने भएको छ ।  प्रथम डान्स आइडलको विजेताले ५० हजार, द्धितियले ३० र तृतीयले २० हजार नगद पाउनेछन् ।  त्यसैगरी खुला दौड प्रतियोगिता समेत आयोजना हुने भएको छ । दौडका विजेताले २५ हजार, द्धितियले १५ र तृतीयले १० हजार नगद प्राप्त गर्नेछन् ।

महोत्सवमा  रत्यौली, भजन, पञ्चेबाजा, ¥याली प्रतियोगिता पनि महोत्सवमा हुने उनले सहारापाटीलाई जानकारी दिइन । उनका अनुसार रत्यौली प्रतियोगितामा विजेता हुने टिमले २५ हजार, द्धितियले १५ र तृतीयले १० हजार पाउनेछन् त्यसैगरी ¥याली तथा विभिन्न झाँकी प्रतियोगितामा विजेता हुनेले २० हजार, १५ हजार र १२ हजार पाउनेछन् भने भजन प्रतियोगितामा विजेता हुनेले १५ हजार, द्धितियले १० र तृतीय हुनेले ७ हजार पाउनेछन् । महोत्सवमा ६० लाखको कारोबार गर्ने रेडियोले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!