तल्लो मोदीमा ६ महिनादेखि मजदुरले तलब नपाएपछि आन्दोलित

Posted on: 05 Jan, 2019

पर्वत । तल्लो मोदी खोला जविद्युत आयोजनाका मजदुर तथा कर्मचारीले ६ महिनादेखि तलबभत्ता नपाएको गुनासो गरेका छन् । कम्पनीहरुले आफूहरुलाई ६÷६ महिनासम्म पारिश्रमिक नदिएको त्यहाँ काम गर्ने कर्मचारीहरुले बताएका छन् ।

आशिष फेवा नयाँबाटो जेभी कम्पनी मार्फत आयोजनामा कार्यरत कर्मचारीहरुले आफूले पारिश्रमिक नपाएको गुनासो गरेका हुन् । संयोजक विजय प्रकाश सापकोटा रहेको संघर्ष समितिले एक विज्ञप्ती जारी गर्दै आफूहरुले पारिश्रमिक नपाएसम्म अनिश्चिकालका लागि काम ठप्प पार्ने चेतावनी दिएको छ ।

संघर्ष समितिले पारिश्रमिक नपाएका कारण हातमुख जोर्न समेत मजदुरहरुलाई समस्या परेको भन्दै माग सम्बोधन नभएसम्म आजदेखि नै जलविद्युत आयोजनाको कुनै पनि काम हुन नदिने जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!