मनिता देवकोटा मिस युनिभर्सको टप १० मा पुगिन्

Posted on: 17 Dec, 2018

पुस २, काठमाडौं | मिस युनिभर्स २०१८ मा नेपालको प्रतिनिधित्व गरिरहेकी मनिता देवकोटा टप १० मा पुगेकी छन् ।

थाइल्याण्डको बैंककमा भइरहेको अन्तिम प्रतिस्पर्धामा देवकोटा यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा पर्न सफल भएकी थिइन ।

नेपालबाहेक दक्षिण अफ्रिका, भियतनाम, भेनेजुएला, कोस्टारिका, कुराकाओ, क्यानडा, थाइल्याण्ड र पुयोर्टो रिको शीर्ष १० मा समावेश छन् ।

यसलाई एबीएस–सिबीएन च्यानल टुले प्रत्यक्ष प्रशारण गरिरहेको छ ।

पूर्व मिस नेपाल माल्भिका सुब्बाले पनि नेपाल पहिलो पटक मिस युनिभर्सको शीर्ष १० मा पुग्न सफल भएको भन्दै फेसबुकमा स्टेटस लेखेकी छिन् ।

http://


यस बिषयमा तपाइको प्रतिक्रिया...!