अरुभन्दा फरक छिन् शृङ्खला

Posted on: 08 Dec, 2018

मङ्सिर २२, काठमाडौं | अहिले सान्या, चीनमा भईरहेको मिस वल्र्डको ६८ औँ संस्करणमा सहभागी नेपाली सुन्दरी शृङ्खला हालसम्म सहभागी नेपाली सुन्दरीका दाँजोमा सफल देखिएकी छन् । 

यस अर्थमा अध्ययन तथा पेसाले आर्किटेक्ट इन्जिनियर शृङ्खला अन्य नेपाली सुन्दरीहरुभन्दा फरक पनि देखिएकी छन् कि मिस नेपालकै ईतिहासमा उनले जारी मिस वल्र्ड प्रतियोगितामा विभिन्न मल्टिमिडिया अवार्ड जित्न सफल भएकी छिन् । 

मल्टिमिडिया विधामा उनले जापान, रुस, केन्या, मेक्सिकोजस्ता धेरै देशका सुन्दरीलाई पछाडि पारेकी थिईन् । 

यस्तै डिसेम्बर ३ तारिख् अर्थात यहि सोमबारकै दिन साँझ आयोजित मिस वल्र्डको अर्को विधा व्युटी विथ ए पर्पोजका लागि सिङ्गापुर, जापान र ईटाली, रुसलगायत दर्जनौँ मुलुकका सुन्दरीहरुका दाँजोमा उनको प्रस्तुती अब्बल भएकै कारण उनी यस विद्याको बिजेताको हकदार भईन् । 

यिनै विद्याका विजेताका रुपमा शृङ्खला मिस वल्र्डको टप ३० मा स्थान बनाउन सफल भईन् । 

ब्युटी विथ ए पर्पोजका लागि उनले आफ्नो गृहजिल्ला वृत्तचित्र प्रस्तुत गरेकी थिईन् ।, आजको गोरखापत्र दैनिकमा यो खबर छ । 

उसले दुई विधामा विजयी तथा एकमा दोस्रो उपविजेता तथा अर्को विधामा पनि राम्रो स्थान हासिल गर्न सफल भएकी छन् । 

यस दृष्टिकोणबाट मुल्याङ्कन गरिँदा सन् २०१८ को मिस वल्र्ड प्रतियोगिता नेपालका लागि विशेष उल्लेखनीय रहेको मान्न सकिन्छ । गोरखापत्र 

यस बिषयमा तपाइको प्रतिक्रिया...!