'बजारमा पाइने रेडिमेट माला फिटिक्कै किनिन्न'

Posted on: 03 Nov, 2018

डि आर भट्ट | कात्तिक १७, बैतडी | दिदिबहिनिहरुका यो तिहारमा भाइलाई माला बुन्नको लागि सयपत्रि फुलहरु  फुलेर तयार भैसकेका छन । दाजुभाइलाई टिका लागाउनको लागि यसपालि दिदीबहिनीहरु बजारमा पाइने रेडिमेट माला भन्दा  आफ्नै बारीमा फुलेका  फुलको माला लगाउने भएका छन । 

आगनमा फूल फुलेर ढकमक्क भएको छ । मखमली र सयपत्रीले घरआगननै पँहेलपुर देखिन्छ । विशेष गरि गाउँघरमा अहिले सबैको घर–आँगन, डिल, बारी, कान्लामा ढकमक्क विभिन्न प्रजातिका फूल फुलेका छन् । आँगनको डिलमा फुलेका सयपत्री, फूलले कार्य क्षेत्रबाट गाउमा आउने सबैको मन लोभ्याएको छ । ढकमक्क फूलेका फुलहरुले सबैलाई तिहार आएको आभाष भइसकेको छ ।  यसपालि यहाका दिदीबहिनीहरु बजारमा पाइने रेडिमेट भन्दा आफ्नै आगनमा फुलेका फुलहरुको माला दाजुभाइलाई लागाइदिने भएका छन ।

 तिहारमा भाईलाई आफ्नै घरआगनमा फुलेको फुलहरुको माला आफ्नो दाइलाई लागाउने सोचमा हुनुहुन्छ पाटन १० पानालीकि कलावती बिष्ट । ‘तिहारको बेला आफ्नै घरआगनमा फुलेको, आफ्नै हातले टिप्दै बुनेर बनाएको माला आफ्नो दाजुभाइलाई लगाइदिने उहा बताउनुहन्छ । ‘बजारमा पाइने माला फिटिक्कै किन्दिन आगन ढकमक्क छ, किन रेडिमेड किन्नु, आफ्नै हातले बुनेर घरआगनमा फुलेका फुलको माला लगाइदिदा खुशी छुट्टै हुन्छ’ । खुसि हुदै अहाले भन्नुभयो । 

यस्तै अन्य ग्रामिणभेगका दिदिबहिनिहरु पनि बजारमा पाइने रेडिमेट माला नलाउने बताउछन । भाइलाई माइत जान तयार भएकाकि हेमा ऐर पनि भाइलाई टिका लागउन आफ्नै आगनका फुलहरु प्रयोग गर्ने बतानुभयो । उनले भनिन “माइत कञ्चनपुर बेलौरि हो ‘मैले अहिलेम्म बजारमा पाइने माला, फूल किनेकै छैन, तिहारमा । घरमै लगाउन, हुर्काउन सकिन्छ, फूल । 

आफ्नो घरमा फुलेको, आफ्नै हातले टिपी, गाँसेको माला दाजुभाईलाई लगाइदिँदा प्रेम झल्कन्छ । सद्भाव हुन्छ । त्यसरी आफ्ना दाजुभाईलाई फुलको माला, सप्तरंगी टिका लगाइदिँदाको खुशी नै बेग्लै हुन्छ । महत्व नै छुट्टै हुन्छ,’ उनले भनिन ।  घरमै फुलेका फूलको मालाले यसपाली तिहारमा आफ्ना ३ दाजुहरुको ‘गला’ सजाइदिने उहाँको योजना छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!