चर्चित हास्य टेलिश्रृंखला ‘भद्रगोल’ फेरी बन्द, यस्तो छ कारण

Posted on: 03 Aug, 2018

साउन १८, काठमाडौं । नेपाल टेलीभिजनबाट प्रसारण हुने चर्चित हास्य टेलिश्रृंखला ‘भद्रगोल’ फेरि बन्द भएको छ । हरेक रात ८ बजेको समाचारपछि प्रशारण हुने गरेका मनोरञ्जनात्मक टेलिसिरियलहरु केही हप्तादेखि प्रशारण बन्द भएको हो ।

कार्यक्रम उत्पादक मिडिया हबको नेपाल टेलिभिजनसँग सम्झौता अवधि सकिएकाले ‘भद्रगोल’ बन्द भएको जनाइएको छ । भद्रगोलसँगै नेपाल टेलिभिजनबाट प्रशारण हुने मिडिया हबका सबै टेलिसिरियल अहिले बन्द भएका छन् ।

राति साढे आठ बजेदेखि ४० मिनेट ती सिरियल प्रशारण हुने गर्थे । अहिले यो समय खरिद गर्नका लागि एनटीभीले हालै नयाँ टेन्डर आह्वान गरेको छ । 

मिडिया हब फेरि पनि उक्त समय खरिद गर्न तयार छ, तर मूल्य घटाउनुपर्ने उसको शर्त रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!