रामेछापमा सरकारविरुद्ध कांग्रेसको प्रदर्शन (तस्बिर/भिडियो सहित)

Posted on: 31 Jul, 2018

प्रज्वल पौडेल । साउन १५, काठमाडौं ।

नेपाली कांग्रेसले मंगलबार देशैभरी सरकारविरुद्ध प्रदर्शन गरेको छ । देशका ७७ जिल्लाकै जिल्ला कार्यसमितिको आहृवानमा जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गरिएको हो ।

रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा पनि मंगलबार नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिले विरोध र्‍यालीकाे आयोजना गरेको छ । सरकारमा अधिनायकवाद बढ्दै गएको भन्दै त्यसको विरोधमा नाराबाजी गर्दै बिपी चोकबाट मन्थली बजार परिक्रमा गरी देवकोटा चोकमा पुगेर सभामा परिणत भएको थियो । र्‍यालीमा वर्तमान सरकार विरुद्ध चर्को नाराबाजी गरिएको थियो ।

विरोध र्‍याली भिडियो हेर्नुहोस्  

काङ्ग्रेसले जुलुस निकालेपछि स्थानीय प्रशासनले त्यसको लागि सुरक्षा व्यवस्था कडा बनाएको थियो । सभामा वक्ताहरुले सरकारको कार्यशैली अधिनायकवादउन्मुख र जनविरोधी काम दिनानुदिन बढ्दै गएकाले काङ्ग्रेस विरोधमा उत्रनुपरेको बताएका छन् । 

सडकमा विरोध र्‍यालीका तस्बिरहरु








तस्बिर / भिडियो : अप्रिल अधिकारीबाट


यस बिषयमा तपाइको प्रतिक्रिया...!