ल हेर्नुस् काठमाडौँ कति राम्रो ? (१२ तश्विर हेर्नुहोस्)

Posted on: 14 Jul, 2018

असार ३०, काठमाडौँ | काठमाडौँ कसरी आकर्षक बनाउन सकिन्छ भन्दै बिभिन्न गुरु योजना बन्दै गर्दा तल काठमाडौँको लैनचौर स्थित होटल एम्बासडरको आठौँ तल्लाबाट देखिने काठमाडौँको दृष्य देखाइएको छ | दृश्यमा अधिकांश दृष्यहरु हरियालीभीत्र लुकेका हुनाले निकै मनमोहक देखिएका छन् | काठमाडौँलाई शुन्दर देखाउन ठूला महल मात्र नभई रुखहरु र त्यहि अनुसारको योजना हुनु जरुरी देखिन्छ | 

तश्विरमा काठमाडौँको राजदरवार क्षेत्र सहित ठूला होटल, केशर महल र बिशेष योजना सहितका स्थानहरु देखिएकाले निकै मनमोहक र विदेशका शुन्दर स्थान भन्दा कम लाग्दैनन् । 

योजना अनुसार काठमाडौँ बनाउने हो भने कति शुन्दर बन्छ भन्ने यसले प्रमाणित गर्छ । हामीले राम्रो योजना सहितको सहर बनाउन नसक्दा यस्ता थुप्रै मनमोहक स्थलको स्वादबाट बञ्चीत हुन परेको छ । नेपालीहरुका लागि घुमघामको पहिलो स्थान बिदेश बन्ने गरेका बेला हामी युवाहरुको पहिलो रोजाईको स्थान यतै बन्यो भने आफ्नै देशमा रमाउन सकिन्छ, साथै विश्वलाई यतै तान्न सकिन्छ । राजधानीबाट सुरु गरेर देशका आकर्षक हिमाली छटा र पहाडी शुन्दरतालाई देखाउने गरि योजनाहरु बनाउन सके संसारकै शुन्दर देश बनाउन सकिन्छ । 

तल हेर्नुहोस् केहि फोटोफिचर


यस बिषयमा तपाइको प्रतिक्रिया...!