विश्वकप २०१८: उपाधि बिजेताहरुले कति-कति पाउँछन् नगद पुरस्कार ?

Posted on: 10 Jun, 2018

जेठ २७, मस्को | विश्वकप २०१८ केहि दिनमा सुरु हुँदैछ । आम नेपाली फुटबल प्रेमीहरुमा पनि विश्वकपलाई लिएर बिभिन्न जिज्ञाशाहरु छन् । 

यसै सन्दर्भमा विश्वकप २०१८ मा उपाधि चुम्नेदेखि चौथो स्थानसम्मका विजेताहरुले कति-कति नगद पुरस्कार पाउलान् भन्ने जान्न धेरैले चाहन्छन । विश्वकपको हरेक संस्करणमा पुरस्कार रकम परिवर्तन हुन्छ । त्यस्तै विश्वकपको २१ औं संस्करणसम्म आइपुग्दा पुरस्कार राशि बढ्दै गएको छ । यसपटकको विश्वकप पुरस्कार राशि ४० करोड अमेरिकी डलर राखिएको छ ।

कुल पुरस्कार राशी मध्ये विश्वकप विजेताले तीन करोड ८० लाख डलर अर्थात् चार अर्बभन्दा बढी नेपाली रुपैयाँ पुरस्कार पाउनेछ । त्यस्तै उपविजेताले दुई करोड ८० लाख अमेरिकी डलर अर्थात नेपाली ३ अर्वभन्दा बढी पुरस्कार हात पार्नेछ । यसैगरी तेस्रो हुने टोलीले दुई करोड ४० लाख अर्थात नेपाली साढे २ अर्वभन्दा बढी र चौथो हुनेले दुई करोड २० लाख अमेरिकी डलर अर्थात नेपाली २ अर्व ३७ करोड भन्दा बढी पाउनेछन् । 

त्यस्तै कुल ३२ राष्ट्र मध्ये क्वार्टरफाइनल अर्थात् अन्तिम आठमा पराजित हुने चार टोलीहरु प्रत्यकले एक करोड ६० लाख अमेरिकी डलर अर्थात नेपाली मूल्य अनुसार डेढ अर्ब भन्दा बढी पाउँछन् । त्यस्तै अन्तिम १६ मा पराजित हुने बाँकी आठ टोली प्रत्येकले एक करोड २० लाख अर्थात नेपाली मूल्य अनुसार १ अर्ब २९ करोड र समूहगत चरणमै रोकिने प्रत्येक टोलीले ८०/८० लाख अमेरिकी डलर अर्थात नेपाली मूल्य अनुसार ८६ करोड भन्दा बढी प्राप्त गर्नेछन् । 

सबै टोलीले पाउने यो रकममा विश्वकपमा छनोट भएपछि पाउने तयारी रकमसमेत जोडिएको छ । विश्वकप फुटबलको नियमनकारी निकाय (फिफा) ले प्रतियोगिता तयारीको रकमसमेत विश्वकप सम्पन्न भएपछि पुरस्कार राशिसँगै प्रदान गर्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!