कामी रिताले बनाए विश्व कीर्तिमान, २२ औं पटक सगरमाथाको सफल आरोहण

Posted on: 16 May, 2018

जेठ २ काठमाडौँ | सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कामी रिता शेर्पाले विश्व कीर्तिमान कायम गर्नुभएको छ । 


आरोहणको चौंथो दिन शेर्पाले २२ पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको हो । 

यस वर्षको वसन्त ऋतुमा उहाँसहित ६० भन्दा बढी आरोहीले सगरमाथा (८,८४८ मिटर) हिमालको सफल आरोहण गरिसकेको वेस क्याम्पस्थित सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 

मंगलबार मौसमी खराबीका कारण आरोहण हुनसकेको थिएन । अहिले अनुकूल मौसमका लागि धेरै आरोही प्रतिक्षामा छन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!