रु २५ करोडको टोखा गुरुयोजना

Posted on: 04 May, 2018

वैशाख २१, काठमाडौँ (रासस) | काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले छिमेकी नगरपालिकासँग सहकार्य गरिने बताउनुभएको छ । 

टोखा नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘बौडेश्वर झरनाको गुरुयोजना सार्वजनिक’ कार्यक्रममा शाक्यले अन्तरनगर साझेदारी कार्यक्रमअन्तर्गत टोखा नगरपालिकालाई रु एक करोड दिइने घोषणा गर्नुभयो । 

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले धार्मिक र ऐतिहासिक टोखा नगरपालिकालाई विकासको दृष्टिकोणले पनि सम्पन्न बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो । तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहोराले आफू पनि मिलेर काम गर्न इच्छुक रहेको जानकारी दिनुभयो । 

टोखा नगरपालिकामा रहेको ऐतिहासिक सम्पदाको संरक्षण र विकासका लागि रु २५ करोडको गुरुयोजना तयार गरिएको छ । त्यसमा मुख्यगरी बालमैत्री उद्यान, झोलुङ्गेपुल र मन्दिरहरुको पुनः निर्माण तथा नगरपालिकाको वडा नं १ मा पर्ने बौडेश्वर झरनाको सौन्दर्य वृद्धि जस्ता काम प्राथमिकतामा पर्नेछन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!