सरोजले आमा नभेटेपछि (भिडियो)

Posted on: 17 Apr, 2018

प्रभात सुवेदी । बैशाख ४,बर्दिया ।

सिने कलाकार नायक सराेज खनालकी अामा हराएपछि अचानक रन्थनिएर अामा अाउ न अाउ भन्दै शहर बजार जतातता भौंतारिएका छन् । अामाको सम्झनामा अनेकन विलौंना गर्दै अामालाई पुकार्दै एकनासले अामाकै खोजी गरिरहेका छन् ।  


कुनै गीत सङ्गीत यति शशक्त हुने गर्दछन् कि जो कोहीलाई एकपटक घोरिएर सोच्न वाद्य तुल्याउँछ । यस्तै एउटा साङ्गीतीक सिर्जना नेपाली सङ्गीत आकाशमा आएको छ । आमा एल्बममा समेटिएको यो गीतमा कवि अर्जुन पराजुलीका बेजोड शब्दहरुमा चर्चित सङ्गीतकार बि.बि. अनुरागीले सङ्गीत भरेका छन् भने यसमा आफ्नो सुमधुर कण्ठले शिशिर योगीले कर्णप्रिय बनाएका छन् ।

आमाप्रति समर्पित यो गीत जो कोहीलाई मन पर्ने र आमाको महत्व विर्सनेहरुका लगि गतिलो पाठ समेत बन्ने गायक शिशिर योगीको दावी रहेको छ । 

नेपाली सिने कलाकार नायक सरोज खनाल, रश्मी भट्ट, शुस्मिता कार्कीको अभिनयमा रहेको यस गीतको म्युजिक भिडियो पनि उत्तिकै शशक्त बनेको छ । चक्र महर्जनले छायाँकन गरेको यो भिडियोको निर्देशन सञ्जय पाण्डेले गरेका छन् । अडियोको मास्टरिङ भने प्रिज्म रेकर्डिङ्ग स्टुडियोका श्याम श्वेत रसाइलीले गरेका छन् । 

हेर्नुहोस् भिडियो ...



यस बिषयमा तपाइको प्रतिक्रिया...!