जस्ले एक्लै जलाए ९६ लाश...

Posted on: 14 Mar, 2018

फागुन ३०, काठमाण्डौ | एक्सन फर सोसल चेन्जले वेवारिसे १३ लाशहरुको सद्गद् गरेको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वेवारिसे अवस्थामा रहेका ती लाशहरुलाई आज पशुपति आर्यघाटमा हिन्दु संष्कृति अनुसार दागबत्ति दिएर अन्तिम संष्कार गरेको हो । 


संस्थाले हालसम्म ९६ वेवारिसे लाशहरुको सद्गद् गरिसकेको छ । तीमध्य अधिकांश लाशहरुले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका छन् । यस्तै भक्तपुर,बौद्ध लगायतका प्रहरीहरुसँगको सहकार्यमा त्यहाँ रहेका वेवारिसे लाशको संकलन गरी संस्थाका अध्यक्ष विनयजंग बस्नेतले सद्गद् गरिसकेकाछन् । 

हिन्दु धर्म संष्कृति अनुसार कुनै पनि मृतकको अन्तिम संष्कार नभएसम्म उस्को आत्माले मुक्त नपाउने र अतृप्त आत्माको रुपमा वायूमण्डलमा विचरण गरी मान्छेहरुलाई दुख पीडा कष्ट दिने धार्मिक विश्वाश छ । यही कारण समेत यस्ता लाशहरुको सद्गद् गर्न थालिएको सामाजिक अभियन्ता बस्नेतले बताए । यस्का अलवा वातावारणीय दृष्ट्रिकोणले समेत वेवारिसे लाशहरुको सदगद् गर्नु जरुरी रहेको बस्नेतको भनाई छ । 

अस्पतालमा यस्ता कुहिएका लाशहरु रहँदा वातावरण दुषित भई रोगव्याधी बढ्ने हुँदा यस्ता लाशहरुको छिट्टो भन्दा छिट्टो अन्तिम संष्कार गरिनु उचित हुने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रहरी मीन बहादुर राजपालले बताए  । राज्यले निभाउनुपर्ने दायित्व एउटा संस्थाले पूरा गरिरहेको उनले प्रतिक्रिया दिए । अहिले सबैभन्दा वढी वेवारिसे  लाश त्रिवि शिक्षण अस्पतालमा रहेको र ती लाशहरुको सद्गद् समेत छिट्टै गर्ने योजना रहेको समाजसेवी बस्नेतको भनाई छ । 

को हुन बस्नेत ?   

निस्वार्थ भावले सामाजिक सत्कर्ममा होमिएका व्यक्ति हुन उनी । युवावयमै आमा गुमाउनु,वुवा गाडि दुर्घटनामा परेर बित्नु र जीवनसंगिनीले छाडेर जानु । त्यस यता उनी नितान्त छन् एक्लो र रित्तो । समयले उनलाई एक्लो बनाए पनि मन कहिल्यै एक्लो भएन । भन्छन नि जीवनमा सबैथोक खानु तर हरेश नखानु । हो हरेश खाएनन् उनले । र त होमिए वेवारिसेहरुको जीवन र मुहारमा खुसी भर्न । आफू रित्तिएर पनि ऋणमा डुबेर भएर पनि उनी वेवारिसेहरुको उद्धारमा तल्लीन छन विगत आधा दशकदेखि । यही बीचमा संस्था जन्माए  एक्सन फर सोसल चेन्ज । 

युवावयमा पिताजी गाडी दुर्घटनामा परेर बित्नु र उनको शव त्रिवि शिक्षण अस्पतालको वेवारिसे गृहमा थन्किएपछि त्यही समय हो उनको मस्तिक रन्थनिएको । महालेखा परिक्षकको कार्यलयका जागिरे पिताजीको लाश वेवारिसे लाशहरुको चाङमा भेटे लगतै उनको दिमाग हल्लियो आखिर जीवन भन्नु केही रहेनछ । जो कोही मान्छे,चाहे जति सुकै सम्पन्न भए पनि एक दिन बित्नेछ । थाहा छैन को मान्छे कतिखेर बित्छ र कसरी बित्छ ? हो यही ुसमयदेखि उनले स्थापना गरे एक्सन फर सोसल चेन्ज । संस्था स्थापना गर्नुको प्रमुख उदेश्य थियो कोही पनि मान्छे वेवारिसे भएर बित्नु नपरोस । बाँच्न नपरोस । 

यो बीचमा उनले सडक,मठ,मन्दिर,अस्पतालमा भेटिएका ८६ लाशहरुको सद्गद् गरिसकेकाछन् । एउटा लाशको सदगद् गर्न झण्डै १० हजार बढी खर्च हुन्छ । यद्यपि आम्दानीको स्रोत कोही छैन । बरु भएको जग्गा बेचेर भए पनि यी लाशहरुको सद्गद् गरेका छन । साथी तथा सहह्ृदयीहरुसँग ऋण लिएर,चढ्दै आएको मोटरसाइकल धरौटीमा राखेर धेरै पटक लाशहरुको सदगद् र वेवारिसेहरुको उपचार गरेका छन् । राज्यका कुनै निकायबाट सर सहयोग नभए पनि साथीसंगीहरुसँग ऋण लिएरै उनले त्यस्ता वेवारिसे लाशहरुको सद्गद् गर्दै आएका छन् । 

वेवारिसेका जीवनदाता  

यस्का अलवा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत विभिन्न मठ मन्दिर पाटी पौवा प्रहरीहरुको सम्पर्कमा आएका वेवारिसे विरामीहरुको औषधोपचारसमेत संस्थाले गर्दै आएको छ । झण्डै तीन जर्दन वेवारिसेहरुको औषधोपचार गरी आफन्तको पहिचान भएकाहरुलाई घर पठाउने र नभएकाहरुलाई आफ्नै आश्रममा लागि जीवनदान दिँदै आएका छन् उनले । कतिसम्म भने वीर अस्पतालमा रहेको एक वेवारिसेको उपचारका लागि संस्थाका सक्रिय सदस्य पवित्रा लामाले आफूले लगाइरहेको सुनको सिक्री समेत धरौटीमा राखेर उपचार गरेको वीर अस्पतालमा कर्मचारीहरुले नै विर्सिएका छैनन् ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!