'हलो जोतेर हुर्केको हुँ, ममा शासकीय स्वभाव छैन, सेवक हुने हो'

Posted on: 24 Dec, 2017

पुस ९, काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले आफूले कुनै दम्भ लिएर काम नगर्ने बताएका छन् । 

सन्त नेता एवं कांग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मोत्सवका अवसरमा शनिबार भट्टराई आश्रम बाँडेगाउँमा आयोजित कार्यक्रममा उनले चुनाव सकिएपछि राष्ट्र विकासका लागि सबैसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताए ।

ओलीभन्दा अघि बोल्ने कांग्रेस नेता प्रदीप गिरीले चुनावी परिणामले ओली शासक बन्न खोजेको संकेत गरेपछि उनले त्यसको खण्डन गर्दै आफ्नो स्वभाव शासक नभएर राष्ट्रको सेवा गर्नेतर्फ केन्द्रित रहेको बताएका हुन् ।

‘खेलको मैदानमा गइसकेपछि एउटाले जित्छ, अर्काले हार्छ । यो खेलको नियम नै हो । तर जब खेल सकिन्छ त्यसपछि पनि एउटैले जितेको जित्यै गर्नुपर्छ भन्ने कुरा ठीक होइन, म गाउँमा गाई–भैंसी चराएर, घाँस काटेर, हलो जोतेर हुर्केका ठिटो हुँ,’ ओलीले भने, ‘ममा शासकीय स्वाभाव छैन । सेवक हुने हो ।

यसको अर्थ भ्रष्टाचारीलाई छुट दिने, बेथिति, गैरकानुनी काम गर्ने र सुशासन काम नगर्ने भन्ने होइन । यिनमा कडाइ गर्ने राज्यको धर्म नै हो । तर वैचारिक रूपमा प्रतिपक्ष, सत्तापक्षसँग शासकको दम्भ देखाउने काम मबाट हुन्नँ । म त्यस किसिमको कुलघरानमा जन्मेको मान्छे पनि होइन ।’आजको कान्तिपुरमा यो खबर छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!