कांग्रेस-राप्रपा सम्बन्ध चिसियो: राप्रपा महामन्त्रीले लेखे यस्तो स्टाटस

Posted on: 31 Oct, 2017

कात्तिक १४, काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्टप्रसाद सिटौलाले प्रतक्ष्यतर्फ झापा क्षेत्र नम्बर ३ नछोड्ने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको सम्बन्ध चिसिँदै गएको छ । 

मंसिर १० र २१ गथते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा दुई पार्टीबीच चुनावी सहकार्य गर्ने रयानीति तय भएको थियो । सहकार्यअन्तर्गत प्रतिनिधिसभातर्फ मकवानपुर १ मा राप्रपा अध्यक्ष कमल थापा र झापा ३ मा राप्रपा महामन्त्री राजेन्द्र लिङदेनलाई छोड्ने सहमति भएको थियो ।

कांग्रेसले समानुपातिक सूचीमा रहेको सिटौलाको नाम अघिल्लो दिन फिर्ता गरी सोमबार झापा ३ बाट प्रतक्ष्यतर्फ उठाउने बताएपछि राप्रपा झस्किएको छ ।

कांग्रेसको यो कार्यलाई राप्रपा नेता लिङदेनले देशभरि नै कांग्रेसको चुनावी सहकार्य भाँडिने संकोत गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्,

‘भ्रममा नपारौं झापा क्षेत्र नम्बर ३ बाट मेरो उम्मेदवारी कायम रहन्छ, कुरा यत्ति हो एउटै गठबन्धनको २ उम्मेदवार भएपछि कांग्रेससँगको गठबन्धन टुट्यो ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!