जिल्ला अस्पताल डोल्पामा औषधिको अभाव, स्थानिय तहले औषधि खरिद गरेन

Posted on: 11 Oct, 2017

टेक शाही/असार २५, डोल्पा । जिल्ला अस्पताल डोल्पामा औषधिको दैनिक अभाब हुदै गएको छ । 

स्थानिय  सरकारले औषधि खरिद नगर्दा जिल्ला अस्पतालमा औषधिको अभाब भएको हो । सरकारले निशुल्क उपलब्ध गराउने ७० किसिमका औषधिहरु भए पनि सबै किसिमका औषधिहरु जिल्लामा उपलब्ध नहुने अस्पताल स्रोतले जानकारि दिएको छ । 


स्रोतका अनुसार बर्ष भरिमा ६० देखि ६५ वटा औषधिहरु बितरण हुने गरेको र सबै खाले औषधि बितरण पनि नहुने र बितरण पनि नहुने जानकारि दिएको छ । 

कुल १५ सैयाको क्षमता रहेको जिल्ला अस्पताल डोल्पामा दैनिक बितरण गरिने सामान्य औषधिको समेत अभाब हुदै गएको पाइएको छ । सम्बेदनशिल अबस्थामा लगाउन पर्ने सुइ समेतको अभाब भए पछि बिरामीहरु तराइका जिल्लामा रिफर गर्नु पर्ने अबस्था आएको डक्टर भिम रोकायाले बताए । उनका अनुसार सामान्य सूइ पनि सकिन थालेकोले बिरामीको चाप बढदै गरेकोले केहि दिनमा समस्या झनै बढ्ने बताए । 

स्थानिय सरकारको निमार्ण भए पछि सबै अधिकार तथा प्रकृया स्थानिय तहमा रहेकोले औषधि खरिदमा सम्स्या भएको जिल्ला अस्पतलाले जनाएको छ । स्थानिय तहमा माग गरि सेकेको र कहिले सम्म खरिद गरि आपुर्ति हुने भन्ने बिषयमा यकिन नभएको अस्पतालले जनाएको छ । 


सामान्य दैनिक खर्च देखि कर्मचारिको तलब भत्ता र अन्य खरिद तथा निमार्णका सबै अधिकार स्थानिय तहमा रहेकोले जिल्ला अस्पतालमा दैनिक खर्च हुने सामाग्रिको अभाब रहेको अस्पतालका कर्मचारिहरु बताछन । उनिहरु भन्छन बिरामीले प्रयोग गरेका तन्ना र अन्य सामाग्रि धुने साबुन र सरफ पनि प्रयाप्त मात्रामा नगरपालिकाले दिदैन समस्या हुने गर्छ ।

स्थानिय तहमा सबै अधिकार ग पछि स्वास्थयमा झनै ठुलो समस्या आएको छ । यता नगरपालिकामा भने कर्मचारिको अभाव र चाडपर्वले परामर्श तथा काम गर्ने कुनै पनि ब्यक्ति भेटिदैनन । जति सक्दो छिटै सबै समस्याको समाधान हुने नगर प्रमूख गणेश बहादुर शाहीले बताए । 

सरकारले उपलब्ध गराउने औषधि पनि लामो समय देखि खरिद भएको छैन । २०७४ जेष्ठ महिनामा खरिद भएको औषधिले हाल सम्म काम गरेको र क्षेत्रिय कार्यालयले पठाएको थप आबास्यक औषधि नेपालगञ्जको बिमानस्थलमा थन्कीएको जिल्ला स्वास्थय प्रमूख श्रीकान्त अग्रवालले जानकारि दिए । उनका अनुसार तिहार सम्म क्षेत्रले पठाएको औषधि जिल्लामा आउने बताए । 

जिल्ला अस्पतालले सञ्चालन गरेको फार्मेसिमा समेत औषधिको अभाब भएको छ । बिरामीले सस्तोमा शुल्क लाग्ने औषधि पाउने गरेको भए पनि स्थानिय तह र अस्पताल ब्यवस्थापन समिति कस्ले खरिद गर्ने भन्ने बिषयमा टुङ्गो नलागे पछि फार्मेसिमा समेत औषधि अभाब भएको हो । 


सरकारले जनशक्ति पठाए पनि जिल्ला अस्पतालमा भने प्रयाप्त मात्रामा उपकरणहरु नभएको कर्मचारिहरु बताउछन । अस्पतालमा ६ जना डक्टर सहित अन्य दर्जनौ कर्मचारि भएको उनिहरु बताउछन । बिरामीहरु आउने चेकजाँच हुने तर औषधि नै नभए पछि बजारको औषिमा भर पर्नु पर्ने डक्टरहरुले बताए । 

सरकारले स्थानिय तहमा कर्मचारि नपठाउने र अधिकार पनि के कति हो भन्ने बारे प्रष्ट नभएको कारण जिल्ला अस्पतालमा ओषधिको अभाब श्रृजना दैनिक बढ्दै गएको नागरिक समाज डोल्पाको दावि छ । तत्काल औषधि जस्तो अत्याबास्यक कुरामा निकास निकाल्न नगारिक समाजले स्थानिय तह जिल्ला अस्पताललाइ आग्रह गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!