एमाले डडेल्धुराले गर्यो प्रेदशसभाका उम्मेदवारको नाम सिफारिस, प्रतिनिधिसभामा किन पठाएन ?

Posted on: 08 Oct, 2017

असोज २२, डडेल्धुरा । नेकपा एमाले डडेल्धुराले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि जिल्लाबाट उम्मेदवारको नाम सिफारिस गरेको छ । 

एमाले जिल्ला कमिटी डडेल्धुराको शनिबार सम्पन्न बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार छनौट गरेको हो । प्रदेशसभामा दुबै निर्वाचन क्षेत्र र प्रतिनिधिसभा सदस्यमा खुलातर्फ विकल्प सहित एमाले अध्यक्ष डा. तारा जोशी, पूर्व जिविस सभापति गजेन्द्र शाही, एमाले प्रदेश संगठन कमिटी सदस्य पठानसिंह बोहरा, सचिवालय सदस्य नरबहादुर बिष्ट, अनेमसंघ उपाध्यक्ष कलावती भट्टराई र कमला साँउदलाई सिफारिस गरेको एमाले सचिब धन बहादुर साउदले जानकारी दिएका छन् ।

उनीहरु मध्ये प्रतिनिधि सभा र प्रदेशसभामा उम्मेदवार हुन नसके विकल्प खुला रहेको समेत सचिब साउँदले बताएका छन् । 

यसैगरि प्रतिनिधि सभाका लागि समानुपातिकतर्फ एमाले केन्द्रीय सदस्य निरा जैरु, एमाले नेता एंवम  बुद्धिजिवी कृष्ण ओझा र एमाले पूर्व सचिव यज्ञराज अवस्थी लाई सिफारिस गरेको छ ।

यस्तै प्रदेश सभाका लागि समानुपातिक तर्फ क्षेत्र नं. १ बाट चक्र स्नेही, अमर पुन र गंगा भट्टराई लाई सिफारिस गरेको छ भने क्षेत्र नं. २ बाट विरेन्द्र कुमार वस्नेत, सकुन्तला नगरकोटी र टेकबहादुर शाहीलाई सिफारिस गरेको एमाले डडेल्धुराले जनाएको छ ।

एमाले डडेल्धुराले खुला विकल्पका आधारमा प्रतिनिधि सभा र प्रदेशसभा सदस्यमा खुलातर्फ उम्मेदवार छनौट गरेपछि कुन तहमा कसको उम्मेदवारी रहने भने निश्चित हुन सकेको छैन्।

जिल्ला कमिटीले प्रेदश कमिटीमा सिफरिस गरेपछि आइतबारबाट सुरु हुने प्रदेश कमिटीको बैठकले टुङ्ग्याउने र उक्त बैठकले पनि टुंगो लगाउन नसके स्थायी कमिटीमा पठाइने एमालेले जनाएको छ । 

प्रतिनिधि सभाको लागी सिफारीसमा कोही नपरे पनी प्रदेश कमिटीले गरेको निर्णय अन्तिम हुने छ । एमाले जिल्ला कमिटीले माओवादी केन्द्र लाई प्रतिनिधिसभामा पठाउने संकेत देखाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!