छताछुल्ल हुँदै खड्काको बदमासी, करोडौं असुलेर ट्यांकरलाई अनुमति दिएको खुलासा

Posted on: 08 Oct, 2017

असोज २२, काठमाडौं । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले कानुन मिचेर करोडौं रुपैयाँ चलखेल गरी तेल बोक्ने ट्यांकरलाई अनुमति दिएको पाइएको छ ।

खड्काले नेपाल आयल निगमकै ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली–२०७३’ को धज्जी उडाउँदै मोटो रकम लिएर ६३ वटा ट्यांकरलाई अनुमति दिएका हुन् ।

इन्धन भण्डारणका लागि जग्गा खरिदमा अनियमितता भएको ठहर गर्दै कार्यकारी निर्देशक खड्कालाई बर्खास्त गरेपछि उनी पदमा रहँदा गरेका बदमासी एकपछि अर्को सार्वजनिक हुन थालेका छन् । 

 खड्काको बर्खास्तपछि निगमका कार्मचारीले उनका अनियमितता एकपछि अर्को सार्वजनिक गरेका हुन । -नागरिक दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!