जुफाल बिमानस्थल कालो पत्रेमा ढिलाइ, महंगी आकाशीदै

Posted on: 27 Jul, 2017


टेक शाही/साउन १२, डोल्पा । डोल्पाको जुफाल बिमानस्थल कालो पत्रे गर्न ढिलाइ भए पछि डोल्पाली जनताहरु मर्कामा परेका छन । 

गएको असार १ गते देखि कालो पत्रे गर्ने भन्दै नियमित रुपमा सञ्चालनमा रहेको जुफला बिमानस्थल बन्द गरिए पछि डोल्पाली जनतालाइ समस्यामा परेका हुन । 

कुल ५ सय ६० मिटर धावन मार्ग रहेको जुफाल बिमानस्थलको काम साढे एक महिनामा २ सय ९० मिटर बरावर काम सम्पन्न भएको कालिका सिद्धि साइ कन्स्टक्सन जेबिका प्रमूख बिर प्रसाद शाहीले जानकारि दिए । उनले भने बर्षाको कारण काममा ढिलाइ भएको हो रफतारमा काम भइ रहेको र अब भदौको दोस्रो साता सम्म बिमानस्थल सञ्चालनमा आउने बताए ।

जुफाल बिमानस्थलको धावनमार्ग कालो पत्रेको काम कछुवा गतिमा भएको र पैदल मार्ग नेपाली सेनाले सडक निमार्ण गरि रहेकोले जोखिम छ हवाइ मार्ग बन्द छ जनताको सबै अधिकार राज्यले खोसेको नागरिक समाज डोल्पाका अध्यक्ष शेर बहादुर बुढाले आरोप लागाए । 


जिल्लामा २ वटा बिमानस्थल भएको भए पनि मसिनेचौर बिमानस्थल सुचारु नगर्दा डोल्पाका यात्रुहरु मर्कामा परेको हुन । एउटा बिमानस्थल कालो पत्रेको लागि बन्द गरेको र अर्को बिमनस्थल १५ दिन भित्र सूचारु गर्ने जिल्ला प्रशासन काार्यालय डोल्ःपाले गरेको भए पनि कार्यान्वयन नगर्दा यातायातको समस्या यात्रूले भोगनु परेको स्थानिय बुद्धिजिवी हँश बहादुर शाहीले बताए । 

हवाइ यातायात पनि बन्द भएको र पैदल मार्ग सहज नभए पछि महगी आकाशिएको छ । महगि दैनिक ढे पछि डोल्पाको जनजिवन कष्टकर  बन्दै गएको छ ।  दैनिक उपभोगय समानहरुको अभाव हुदै गएको कारण महगि अब सर्वसाधारणले खेप्न नँसक्ने माथिल्लो डोल्पाका आङ्ग बहादुर लामाले बताए । 

राष्ट्रिय राजमार्गमा नजोडिएका डोल्पाली जनताको एक मात्र यातायातको माध्याम भनेको हवाइ मार्ग रहेको छ । भएको हवाइ मार्ग पनि कालो पत्रको लागि भन्दै महिनौ देखि बन्द रहेको छ भने अर्को बिमानस्थल सञ्चालनको लागि कुनै पनि पहल नगरिएको नागरिक समाजले बिभिन्न निकायमा लिखित र मौखिक रुपमा पहल गरे पनि सुनुवाइ नभएको नागरिक समाजका अगुवा सुरेन्द्र ढकालले बताए ।

नगारिक उड्यन प्राधिकरणका निर्देशकले लिखित रुपमा गुनासो गर्दा आफुले डोल्पालीको समस्या बुझेको नागरिक समाज देखि सँसद धन बहादुर बुढा पनि गुनासो लिएर आएको ध्रुवदास भोजति भयाले बताए । दासले आफुलै सबै निकायमा भनि सकेको र उडान गर्ने कुरा भएको बताए ।

यता जिल्ला प्रशासन कार्यालय डोल्पामा जिल्लाका जनप्रतिनिधि र सबै सरोकारवाला निकाय बसेर छलफल गरि निर्ण गरेको तर पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले व्यवास्ता गरेकोले समस्याको समाधान नभएको निमित्त प्रमूख जिल्ला अधिकारि मान बहादुर बुढाले बताए । बुढाले भने मन्त्रालयले सुन्दैन निजि बिमान कम्पनीले बिभिन्न खाले सर्त र माग राखेको कारण हवाइ उडान गर्न नसेको बताए ।


टुवीननटर जहाजले उडान भर्न सक्ने भएकोले सबै बिमान कम्पनीले उउान गर्न सक्ने रिपोट दिएको जनाए । जहाज कम्पनीले भाडा दरमा नमिले पछि उडान नगरेको शाहीको दावि गरे ।

अधिकाँश यात्रुहरु जोखिम पूर्ण यात्रा गर्दै पदैल जाने गरे पनि बिरामीहरुको लागि भने कुनै पनि माध्यायम छैन । आर्थिक भएकाहरुले प्रति ब्यक्ति ५० हजार रुपैया तिरेर हेलिकप्टर चढ्ने गरे पनि सर्वसाधारणको लागि भने क्ुनै यातायातका साधान छैनन डोल्पामा । 

महगि दैनिक अकाशिदै गएको छ भने दैनिक उपभोग्य समान मौजात सकिदै गएको छ । दैनिक उपभोगया समान ढुवान गर्न कुनै पनि यातायातका माध्यायमहरु नभएकोले नाका डोल्पा नाका बन्दीमा परेको नागरिक गुनासो छ । 

राजनितिक दलको पहलमा हवाइ सेवा छिटो सूचारु गर्न सकिने नागरिकहरुको भनाइ रहेको छ । लामो समय सम्म पनि बिकल्प नखोजि सञ्चालनमा रहेको बिमानस्थल बन्द गर्दा नागरिकलाइ हरेक सेवाबाट बञ्चित गराएको डोल्पाली जनताको गुनासो छ भने आज सम्म नागरिक समाज डोल्पाबाहेक अन्य कुनै पनि निकायबाट मसिनेचौर बिमानस्थल सञ्चालनको लागि पहल भएको छैन  ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!