दार्जीलिङ आन्दोलनमा दूई जनाको मृत्यु, आन्दोलन हिंसात्मक बन्दै (फोटोफिचर)

Posted on: 17 Jun, 2017


असार ३, काठमाडौं । दार्जीलिङमा भइरहेको आन्दोलनमा प्रहरीको गोली लागि दुई भएको भारतीय संचार माध्यमहरुले जनाएका छन । 

केही दिनदेखि विद्यालय तहको पाठ्यक्रममा बंगाली भाषा अनिवार्य गरेपछि चर्किएको आन्दोलन हिंसात्मक बन्दै गएको छ ।  


भाषाको विवादबाट सुरु भएको आन्दोलनमा छुट्टै गोर्खाल्याण्ड राज्यको माग उठ्न थालेको छ । सरकारी कार्यलयहरुमा आन्दोलनकारीहरुले दिनहुँ आगजनी गरेका छन् ।  दार्जीलिङमा आन्दोलन हिंसात्मक हुँदै गएकोमा पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले गोर्खा जनमुक्ति मोर्चालाई अन्य राज्य र देशसँग मिलेर आन्दोलन चर्काएको आरोप लगाएका छन् ।


मुख्यमन्त्री बनर्जीले आन्दोलनकारीको मृत्यु नभएको दावी गरे पनि मोर्चाका असिस्टेन्ट सेक्रेटरी बिनय तामाङले प्रहरीले गोली हानी मोर्चाका दुई जना समर्थकको हत्या गरेको बताएका छन ।  

पहाडको रानी भनेर चिनिने दार्जीलिङ घुम्न गएका हजारौं पर्यटकले दार्जीलिङ छाडेका छन् । मोर्चाले दार्जीलिङमा सय वर्षदेखि गोर्खाल्याण्ड राज्यको माग हुँदै आएको र आन्दोलनको बटमलाइन गोर्खाल्याण्ड राज्य नै भएको बताएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!