नुवाकोटमा आँप टिप्ने क्रममा लडेर एकको ज्यान गयो

Posted on: 12 Jun, 2017

जेठ २९, नुवाकोट । लिखु गाउँपालिका– ३ सूर्यमतीमा आज आपँको रुखबाट लडेर गुणबहादुर राईको मृत्यु भएको छ । 

घर अगाडि रहेको रुखमा आँप टिप्न गएका ४४ वर्षीय राईको लडेर घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जितेन्द्रकुमार वस्नेतले जानकारी दिनुभयो । 

अचार बनाउन काँचो आँप टिप्न राई रुख चढेका थिए । उनको टाउको ढुङ्गामा ठोक्किर ज्यान गएको हो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!