अमेरिकामा नायिका नन्दिता केसीको पहिरन (फोटो फिचर)

Posted on: 09 Jun, 2017


विजय थापा | जेठ २६, वाशिंगटन डीसी | अमेरिकामा नेपाली चलचित्र कि नायिका नन्दिता केसीले परी पहिरन लगाएर बेजोड प्रस्तुति गरेकी छिन् | उनले अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा सम्पन्न युनाईटेड नेपलिज एसोसिएसन(युएनए) को सम्मेलनको भेषभूषा प्रदर्शन बिशेष कार्यक्रममा बिशेष परी पहिरन मा सज्जिएर धमाकाधार बिशेष प्रस्तुति गरेकी थिइन् | 

केसीले युएनए साँस्कृतिक र्याम्प नामक कार्यक्रममा अन्य चर्चित कलाकार तथा बिशेष व्यक्तित्वहरु साथ उनको प्रस्तुति रहेको थियो | उनलाई यो सुन्दर तथा बिशेष प्रस्तुति को साथ मन्चमा उतार्ने जिम्मा नेपाल आएकी मोडर्न डे फेरीटेल कलेक्सन कि लोकप्रिय भेषभूषा अभिकल्पकार ( फेसन डिजाइनर ) सुबेक्षा भडेल गरेकी थिइन् | 

यस्तै गरि कपाल सज्जा तथा शृंगार स्मृति एस गुरुङको रहेको थियो | उनले परी को पहिरनमा भेषभुषा कार्यक्रममा प्रस्तुति गर्न पाउँदा ज्यादै उत्साहित भएको केसीले बताईन | नायिका केसी अमेरिकामा रहेता आफ्नो कला तथा संस्कृतिलाई प्रबर्धन गर्न कटिबद्ध रहेको बताइन | उनले नेपाल र नेपाल को पहिचान गराउन यस्ता प्रकारका कार्यक्रममा आफ्नो सहभागिता रहने बताइन | 

आगामी जुन १७ तारिखका दिन मिस नेपाल क्यालिफोर्निया २०१७ मा अतिथि कलाकार को रुपमा प्रस्तुति हुने भएकी छिन् | यसै गरि  सुबेक्षा भडेल पनि उक्त नेपाल क्यालिफोर्निया सुन्दरीको लागि आधिकारिक भेषभूषा अभिकल्पकार ( फेसन डिजाइनर ) रहने छिन् | 


यस बिषयमा तपाइको प्रतिक्रिया...!