बिश्व वातावरण दिवस र १८औँ राष्ट्रिय सरसफाइ सप्ताहमाबालबालिका पुरस्कृत

Posted on: 07 Jun, 2017


टेक शाही/जेठ, डोल्पा । बिश्वा वातावरण दिवस र १८ औँ राष्ट्रिय सरसफाइ सप्ताहमा बिद्यालयका बालबालिकाहरु पूरस्कृत भएका छन । 

दुनै बोर्डिङ्ग स्कुलका बालबालिकाहरुले बातावरण सँरक्षण र सरसफाइ समबन्धी सडक नाटक र नृत्य प्रस्तुत गरे पछि बालबालिकाहरु पुरस्कृत भएका हुन । प्रकृतिसँग हाम्रो सम्बन्धः रहिरहोस अनन्त भन्ने नाराका साथ बिश्व वातावरण दिवस मनाइएको छ । 

नेपाल जलवायू परिवर्तन सहयोग कार्यक्रम एनसिसिएसपिको आर्थिक सहयोगमा दुनै बोर्डिङ्गका नृत्य र सडक नाटक प्रस्तुत गर्ने बालबालिकाहरुलाइ स्टेशनरिका सामाग्रीहरुले पूरस्कृत गरिएको नेपाल जलवायू परिवर्तन सहयोग कार्याक्रमका जिल्ला सँयोजक सन्तोष खनालले बताउनु भयो । 


बालबालिकाले नै जनचेतनाका कृयाकलाप गर्दा अभिभाबकमा बढि प्रभाबकारि हुने भएकोले पनि बालबालिकाहरुलाइ जनचतेनाको काममा अगाडि सारको र सोच भन्दा पनि राम्रो तवरबाट बालबालिकाले सडक नाटक र नृत्यका साथै रयालीम सहभागिता जनाएको भन्दै साना साना नानिहरु प्रति आभार प्रकट गर्दै दुनै बोर्डिङ्ग परिवार प्रति जिल्ला सँयोजक खनालले धन्यबाद दिनु भयो । 

१८ औँ राष्ट्रि«य सरसफाइ सप्ताह २०७४ पनि आजैबाट सूरु भएको छ । खुल्ला दिशामुक्त गर्नु छ २०१७ भित्र सक्षम र जिम्मेवार छ हाम्रो नेतृत्व भन्ने नाराका साथ १८ औँ राष्ट्रि«य सरसफाइ सप्ताह सूरु भएको हो । जेष्ठ २२ देखि २८ अर्थात ५ जुन देखि ११ जुन सम्म मनाइने राष्ट्रि«य सरसफाइ सप्ताहमा सरफाइका बिभिन्न कार्यक्रमहरु गरिने भएको जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिले जानकारि दिएको छ । 


 रुख रोपौ बन जोगाउ जहाँ जनम तहाँ मरन i am a Natuer जस्ता थुप्रै जनचेतनामूलक सन्देश लेखेका नाराहरु रहेका पोष्टर र प्लेकार्ड सहित नारा लगाउदै दुनै बजार परिक्रमा गरेका थिए । सरकारी बिद्यालयहरु पुरै बन्द रहेको बेलामा निजि बिद्यलायले सरसफाइ र वातावरण सँरक्षणमा समबन्धी जनचेतनामूलक कार्यक्रममा सहभागिता जनाएकोमा प्रमूख जिल्ला अधिकारि केशबराज आर्चार्यले धन्यबाद प्रकट गर्नु भयो । हाल डोल्पा जिल्लामा दुनै बोर्डिङ्ग बाहेक अन्य सबै बिद्यालयहरु यार्सा गुम्बा सँकलनको कारण बन्द रहेका छन ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!