'मिस प्लस टु गण्डकी सिजन टु'को उपाधी अम्रिता मगरलाई

Posted on: 24 Oct, 2016

कात्तिक ८, पोखरा | मिस प्लस टु गण्डकी सिजन टु को उपाधी पोखरा ६ लेकसाइडकी अम्रिता मगरले चुमेकी छिन् । उपाधि सँगै मोस्ट व्यूटीफुल, भ्यूयर च्वाईसको उपाधि हात पार्दै गोल्डेन क्राउन प्रमाण पत्र गरिन् ।

त्यसैगरी पोखरा ७ मासबारकी सनाया ढकालले फस्ट रनर अफ, मोस्ट पपुलर, मोस्ट टयालेन्टेट, मोस्ट कन्फीडेन्ट, भएसँगै सिल्भर क्राउन, प्रमाणपत्र हात पारीन् । त्यसैगरी प्रतियोगितामा तनहुँ दमौलीकी भावना श्रेष्ठले सेकेन्ड रनर अफ, बेष्ट वाक् भएसँगै सिल्भर क्राउन, प्रमाण हात पारेकी छिन् ।

प्रतियोगितामा आयोजक च्वाईसको सव टाइटल, फोटो जेनिक एसविना श्रेष्ठ, वेस्ट स्माईलमा पोखरा ९ की सुनयना गुरुङ, वेस्ट ड्रेसमा स्याङजा पुतली बजारकी स्वेता श्रेष्ठ, मोस्ट डिसिपिलीनमा पोखराकी आकृति पहारी, वेस्ट हेयर, मोस्ट सर्पो्टिभमा लेखनाथ शिशुवाकी सरस्वती बाँनिया, त्यसैगरी वेस्ट फिगर, वेस्ट पर्सानालिटी आरजु गुरुङले चुमेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!