यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on: 29 Jan, 2023

माघ १५, काठमाडौँ | नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ १४ पैसा र बिक्री दर १३० रूपैयाँ ७४ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ७० पैसा र बिक्री दर १४२ रूपैयाँ ३६ पैसा रहेको छ।   

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ १३ पैसा र बिक्री दर १६१ रूपैयाँ ८७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७१ पैसा र बिक्री दर ३५ रूपैयाँ ८८ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!