यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचिसहित)

Posted on: 21 Jan, 2023

माघ ७, काठमाडौँ | नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२९ रूपैयाँ ५० पैसा र बिक्री दर १३० रूपैयाँ १० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ २६ पैसा र बिक्री दर १४० रूपैयाँ ९१ पैसा रहेको छ।   

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ८२ पैसा र बिक्री दर १६० रूपैयाँ ५६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५२ पैसा र बिक्री दर ३५ रूपैयाँ ६८ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!