यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

Posted on: 20 Jan, 2023

माघ ६, काठमाडौँ | नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलरको भाउ एकको खरिददर १२९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३० रुपैयाँ ४८ पैसामा कारोबार भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ २४ पैसा तोकिएको छ। 

त्यस्तै, आज पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६० रुपैयाँ १७ पैसा र बिक्रीमा १६० रुपैयाँ ९१ पैसा रहेको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रुपैयाँ ४० पैसा र बिक्रीमा ८९ रुपैयाँ  ८१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ १३ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५७ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७९ पैसा तोकेको छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७३ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ३६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार ३० रुपैयाँ १५ पैसा र बिक्रीमा ३० रुपैयाँ २९ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२५ रुपैयाँ ३८ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ३४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४४ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३४६ रुपैयाँ १२ पैसा तोकिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!