यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on: 19 Jan, 2023

माघ ५, काठमाडौँ | नेपाल राष्ट्र बैँकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२९ रूपैयाँ ६९ पैसा र बिक्री दर १३० रूपैयाँ २९ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ८८ पैसा र बिक्री दर १४१ रूपैयाँ ५३ पैसा रहेको छ।   

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ २६ पैसा र बिक्री दर १६१ रूपैयाँ ०१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ४९ पैसा र बिक्री दर ३५ रूपैयाँ ६६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!