यस्तो छ बुधबारका लागिको विदेशी मुद्राको विनिमय दर

Posted on: 07 Dec, 2022

मङ्सिर २१, काठमाडौँ | नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

आज डलरको खरिद दर १३१ रूपैयाँ ८९ पैसा र बिक्री दर १३२ रूपैयाँ ४९ पैसा रहेको छ। युरो एकको खरिद दर १३८ रूपैयाँ ४४ पैसा र बिक्री दर १३९ रूपैयाँ ०७ पैसा रहेको छ।    

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ६२ पैसा र बिक्री दर १६१ रूपैयाँ ३५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०९ पैसा र बिक्री दर ३६ रूपैयाँ २६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!