यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

Posted on: 28 Nov, 2022

मङ्सिर ११, काठमाडौँ | नेपाल राष्ट्र बैँकले  सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

आज डलरको खरिद दर १३० रूपैयाँ ४० पैसा र बिक्री दर १३१ रूपैयाँ  रहेको छ। युरो एकको खरिद दर १३५ रूपैयाँ ५८ पैसा र बिक्री दर १३६ रूपैयाँ ०२ पैसा रहेको छ।    

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ७२ पैसा र बिक्री दर १५८ रूपैयाँ ४४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ०६ पैसा र बिक्री दर ३५ रूपैयाँ ७६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!