आज साताको पहिलो दिन ह्वात्तै घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

Posted on: 25 Sep, 2022

असोज ९, काठमाडौं | नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आइतबार तोलामा एक हजार रुपैयाँले घटेर सुनको भाउ ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तोलामा एक हजार रुपैयाँले बढेर तोलामा ९२ हजार आठ सय रुपैयाँमा पुगेको भाउ आज एक हजार रुपैयाँले नै घटेको हो । तेजाबी सुन भने प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदी आज तोलामा ३० रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!