डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघ्यो

Posted on: 20 Sep, 2022

असोज ४, काठमाडौं | पुँजीबजारमा डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघेको छ।  सीडीएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५४ लाख ८ हजार ३५ जना पुगेको छ। 

मेरो शेयर प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रुपमा बढेको छ। मेरो शेयर प्रयोगकर्ताको संख्या ४५ लाख २ हजार ९४ जना पुगेको सीडीएससीले जनाएको छ। सीडीएससीका अनुसार म्युचुअल फण्डको संख्या ३६, डीपी सञ्चालकको संख्या ८१ र सी–आस्बामा दर्ता भएका बैंकहरुको संख्या ५५ पुगेको छ। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!