राष्ट्र बैंकको कारबाहीमा परे दुई वाणिज्य बैंक

Posted on: 04 Aug, 2022

साउन १९, काठमाडौं | राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई कारबाही गरेको छ । स्टान्डर्ड चार्टर्ड र एनसीसी बैंक कारबाहीमा परेका हुन् । गत आर्थिक वर्षको चौथो त्रैमासमा तोकिएको मात्रामा अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर) र वैधानिक तरलता अनुपात (एसएलआर) कायम नगरेका कारण राष्ट्र बैंकले दुबै बैंकलाई कारबाहीस्वरुप जरिवाना गरेको हो ।


स्टान्डर्ड चार्टड बैंकलाई ६३ हजार ५९७ रुपैयाा ८३ पैसा र एनसीसी बैंकलाई ४९ हजार ८८१ रुपैयाा ७५ पैसा जरिवाना गरिएको राष्ट्र बैंकले जनााएको छ । गत आर्थिक वर्षमा कुल निक्षेपको ३ प्रतिशत सीआरआर र १० प्रतिशत एसएलआर कायम गर्नुपर्ने व्यवस्था थियो । यो व्यवस्थालाई चालु आर्थिक वर्षको मौद्रिक नीतिले परिवर्तन गरेको छ । भदौ १२ देखि वाणिज्य बैंकहरुले ४ प्रतिशत सीआरआर र मंसिरदेखि १२ प्रतिशत एसएलआर कायम गर्नुपर्नेछ । यी अनुपात कायम नगर्नेलाई राष्ट्र बैंकले कारबाहीस्वरुप जरिवाना गर्दछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!