यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on: 04 Aug, 2022

साउन १९, काठमाडौं | नेपाल राष्ट्र बैंकले बिहीबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  

आज डलरको खरिद दर १२६ रुपैयाँ ३६ पैसा र बिक्री दर १२६ रुपैयाँ  ९६ पैसा रहेको छ। युरो एकको खरिद दर १२८ रुपैयाँ ६८ पैसा र बिक्री दर १२९ रुपैयाँ २९ पैसा रहेको छ।  

बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ  ९७ पैसा र बिक्री दर १५४ रुपैयाँ ७० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ४१ पैसा र बिक्री दर ३४ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!