कति छ आज सुनचाँदीको मूल्य ?

Posted on: 21 Jun, 2022

असार ७, काठमाडौं | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै हिजोकै मूल्यमा आज कारोबार हुने जानकारी दिएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ । हिजो सोमबार छापावाल र तेजाबी सुनको मूल्य यही कायम थियो ।

यसैगरी, आज चाँदीको कारोबार मूल्य समेत स्थिर रहेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ छ । हिजो समेत चाँदीको कारोबार मूल्य यही कायम थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!