बागमती प्रदेशमा धादिङको रुबी भ्यालीमा मात्र बैंक जान बाँकी

Posted on: 16 Jun, 2022

असार २, हेटौडा | बागमती प्रदेशअन्तर्गत सबै स्थानीय तहमा बैंकका शाखाहरू पुगे पनि धादिङ जिल्लाको रुबी भ्यालीमा भने अझै पुग्न सकेको छैन ।

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले बागमती प्रदेशमा दुई हजार ९४० बैंक तथा वित्तीय संस्थाका शाखाहरू स्थापना भएको जनाउँदै सो तथ्यांक सार्वजनिक गरेका हुन ।

‘२०७८ फागुन मसान्तसम्म धादिङ जिल्लाको रुबी भ्याली गाउँपालिकाबाहेक सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ’ मन्त्री जम्मकट्टेले बजेट भाषणमा उल्लेख गर्दै भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!