पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल यसै वर्ष सञ्चालनमा आउने

Posted on: 24 May, 2022

जेठ १०, काठमाडौं | सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल यसै वर्षबाट सञ्चालनमा ल्याउने भएको छ। 

आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरा विमानस्थल यसै वर्ष भित्रमा सञ्चालनमा ल्याउने बताएकी हुन्। 


विमानस्थल निर्माण सन् २०१७ को नोभेम्बरदेखि सुरू भएको हो । तत्कालीन समयमा विमानस्थल निर्माण सन् २०२१ जुलाई १० सम्म सक्ने गरी सम्झौता भएको थियो। यद्यपि कोरोना माहामारीका कारण निर्माणको काम पर धकेलिएको हो। सन् २०२३ जनवरीमा विमानस्थलको उद्दघाटन गर्ने सरकारको तयारी छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!