सुनको मूल्य एकैपटक १००० रुपैयाँ बढ्यो, कति पुग्यो ?

Posted on: 20 May, 2022

जेठ ६, काठमाडौं | शुक्रबार सुनको मूल्य एकैपटक १००० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ १००० रुपैयाँले बढेको हो । 

बिहीबार छापावाल सुनको भाउ प्रतितोला ९६ हजार ३०० रुपैयाँ रहेकोमा आज बढेर ९७ हजार ३०० रुपैयाँ पुगेको हो । त्यस्तै, यसअघि प्रतितोला ९५ हजार ८०० रुपैयाँ रहेको तेजावी सुनको मूल्य आज बढेर ९६ हजार ८०० रुपैयाँ पुगेको छ । 

यता, चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेको छ । बिहीबार एक हजार २५५ रुपैयाँ रहेको चाँदीको भाउ आज एक हजार २७० रुपैयाँ पुगेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!