ह्वात्तै घट्यो सुनको भाउ, कति पुग्यो?

Posted on: 18 May, 2022

जेठ ४, काठमाडौँ | सुनको मूल्य ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ९ सय रुपैयाँले सस्तो भएको हो। 

मंगलबार छापावाल सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा बुधबार घटेर ९५ हजार ८ सयमा झरेको हो। 

तेजाबी सुन पनि सोही दरले घटेर ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

आज चाँदीको मूल्य पनि १० रुपैयाँ सस्तो भएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!