झनै बलियो बन्दै डलर, नेपाली मुद्रा अहिलेसम्मकै कमजोर स्थितिमा

Posted on: 18 May, 2022

जेठ ४, काठमाडौँ | अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर स्थितीमा आइपुगेको छ । नेपाल राष्ट्र बैंकले आजको विनिमयदर तोक्दै डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बनेको जानकारी दिएको हो । केन्द्रीय बैंकका अनुसार आज एक अमेरिकी डलरको बिक्रीदर १२४.४१ रुपैयाँ कायम भएको छ । यस्तै, डलरको खरिददर १२३.८१ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले उल्लेख गरेको छ । यसैगरी, आज एक यूरोको बिक्रीदर १३१.०६ रुपैयाँ र खरिददर १३०.४३ रुपैयाँ छ ।

महंगियो अमेरिकी डलर, अरु विदेशी मुद्रा कुनको कति? :: सेतोपाटी संवाददाता ::  Setopati

एक पाउण्ड स्र्टलिङको बिक्रीदर १५५.२५ रुपैयाँ र खरिददर १५४.५० रुपैयाँ छ । यस्तै, ८७.५३ रुपैयाँ बिक्रीदर रहेको अष्ट्रेलियन डलरको खरिददर ८७.११ रुपैयाँ छ भने ८९.८८ रुपैयाँ बिक्रीदर कायम सिंगापुर डलरको खरिददर ८९.४५ रुपैयाँ छ ।

यस्तै, १० जापानी येनको बिक्रीदर ९.६२ रुपैयाँ र खरिददर ९.५८ रुपैयाँ छ भने चिनियाँ युवानको बिक्रीदर १८.४८ रुपैयाँ र खरिददर १८.३९ रुपैयाँ छ । यसका साथै, साउदी रियालको बिक्रीदर ३३.१७ रुपैयाँ र खरिददर ३३.०१ रुपैयाँ छ ।

यता कतारी रियालको बिक्रीदर ३४.०५ रुपैयाँ र खरिददर ३३.८८ रुपैयाँ छ । संयुक्त अरब इमिरेट्स (यूएई)को बिक्रीदर ३३.८७ रुपैयाँ र खरिददर ३३.७१ रुपैयाँ हुँदा मलेसियन रिंगटको बिक्रीदर २८.३४ रुपैयाँ र खरिददर २८.२० रुपैयाँ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!