सुनको मूल्यमा उच्च गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

Posted on: 17 May, 2022

जेठ २, काठमाडौं | मंगलबार सुनको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बैशाख २९ गते बिहीबारको तुलनामा आज मंगलबार सुनको भाउ प्रतितोला ११०० रुपैयाँले घटेको हो ।

यसअघि बजार खुलेको अन्तिम दिन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर ९६ हजार ७०० रुपैयाँमा कारोबार हुने भएको छ । 

स्थानीय निर्वाचन र सार्वजनिक बिदाका कारण बन्द रहेको बजार आज मंगलबार खुल्दा घटेर कारोबार हुने भएको हो । 

यता, तेजावी सुन पनि ९७ हजार ३०० रुपैयाँबाट घटेर ९६ हजार २०० रुपैयाँमा कारोबार हुने भएको छ । 

त्यस्तै, चाँदी पनि प्रतितोला १० रुपैयाँले घटेको छ । यसअघि प्रतितोला एक हजार २६० रुपैयाँ रहेको चाँदी आज घटेर एक हजार २५० रुपैयाँमा कारोबार हुने भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!