आज सुनको मूल्य हजारले घट्यो, चाँदी कति ?

Posted on: 11 May, 2022
वैशाख २८, काठमाडौं | आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  
हिजो मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 
हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला १००० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ रहेको छ । 
यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो मंगलबार प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर १ हजार २४५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!