बजार खुल्नासाथ नेप्सेमा पहिराे, कति घट्याे ?

Posted on: 28 Nov, 2021

 मंसीर १२, काठमाडौं | साताको पहिलो दिन आइतबार शेयर बजार खुल्नासाथ ओरालो लागेको छ ।

११ बजे खुलेको बजार १२ बजेसम्म पुग्दा ४० अंकले घटेको छ । लगभग सबै कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा आज बजार राताम्मे देखिएको छ ।

१२ बजे नेप्से ४ं०.४९ अंकले घटेर २६९१.३९ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८.३५ अंकले घटेर ५०७.३० को बिन्दुमा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूह ओरालो लागेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!