सुनको मूल्य प्रतितोला ७ सयले घट्यो

Posted on: 21 Jul, 2021

साउन ६, काठमाडौं । सुनको मूल्यमा प्रतितोला ७ सय रुपैयाँले गिरावट आएको छ । मंगलबार बढेर प्रतितोला ९३ हजार २ सय पुगेको सुनको मूल्य बुधबारका प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबारका तुलनामा २० रूपैयाँ घट्दै चाँदीको मूल्य प्रतितोला १२ सय ६० रुपैयाँ भएको छ। १० रुपैयाँ घट्दा मंगलबार चाँदी प्रतितोला १२ सय ८० थियो भने सोमबार प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १८०८.०४ मा कारोबार भइरहेको छ। यसअघि मंगलबार पनि सुन प्रतिऔंस १८१५.०६ डलरमा कारोबार भएको थियो। आइतबार प्रतिऔंस १८१२.३६ र सोमबार १८१४.७६ डलर थियो। 

निरन्तर गिरावट आएको चाँदीको बुधबार झन् घटेर कारोबार हुँदै प्रतिऔंस २४.९१ डलर भएको छ। मंगलबार प्रतिऔंस २५.१२ डलरमा कारोबार भएको थियो। यसअघि आइतबार प्रतिऔंस २५.६७  र सोमबार २५.५४ डलरमा कारोबार भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!