तेह्रथुम पावर कम्पनीको आइपीओ आजदेखि खुला

Posted on: 20 Jul, 2021

साउन ५, काठमाडौं । तेह्रथुम पावर कम्पनीले आज साउन ५ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र तेह्रथुमका स्थानीयको लागि ४ लाख कित्ता शेयर निष्काशन गरेको हो  । 

यस शेयरमा स्थानीयले छिटोमा साउन १९ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा भदौ २ गतेसम्म आवेदन दिन सक्ने छन्  । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ६० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार १० गते शेयर निष्काशनको अनुमति प्रदान गरेको हो।  आयोजना प्रभावितहरुलाई ४ लाख कित्ता निष्काशन भएपछि  सर्वसाधारणमा ८ लाख कित्ता सेयर बिक्रि हुनेछ।  

कम्पनीले ७.५ मेगावाटको अपर थोरुंगा खोला आयोजना निर्माण गरिरहेको छ । कम्पनीको अधिकृत पुंजी ४० करोड, जारि पुंजी ४० करोड र चुक्ता पुंजी २८ करोड रहेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ४० करोड पुग्नेछ। 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!